stcnepal long ad
national life

भोलि पुस २५ गते लिवर्टी इनर्जी कम्पनीको १५औं वार्षिक साधारण सभा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले भोलि पुस २५ गते १५औं वार्षिक साधारणसभा गर्ने भएको छ । इनर्जी कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

इनर्जी कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

साधारण सभाले अन्य जलविद्युत कम्पनीसँग मर्जर प्रक्रिया अघि बढाउन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस ११ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा पुस ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।  उक्त सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङक्वेटमा बिहान साढे १० बजे गने जनाएको छ ।

gold
kumari bank
kumari
nawakantipur long