stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज सेयर बजारमा झिनो अकंको सुधार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  साताको  अन्तिम कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सामान्य अंक बढेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ४.६३ अंक बढेर २५८६.२३ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार साढे ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ५० हजार ४४७ पटकको कारोबारमा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ४५ रुपैयाँ बढेर ४९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यस्तै, यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सिन्धु विकास बैंक र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सपोर्ट लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ५.०२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन प्रभु महालक्ष्मी इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ४६ करोड १७ लाख रुपैयाँ ४२ हजार रुपैयाँबराबरको संस्थापक शेयर किनबेच भएको छ।

त्यस्तै, यस दिन न्यादी हाइड्रोपावरको करिब २१ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको करिब १२ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १.८७ प्रतिशत बढेको छ।

कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०३ प्रतिशत र अन्य उपसमूहको १.८४ प्रतिशत घटेको छ ।

prabhu mahalaxmi
kumari