stcnepal long ad
ime life insurance
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सका तीन जना उत्कृष्ट अभिकर्ताहरु सन् २०२५ को सीओटी बन्न सफल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागि सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सिटिजन लाइफ इन्स्योरेन्सका तीन जना उत्कृष्ट अभिकर्ताहरु सन् २०२५ को सीओटी बन्न सफल भएका छन् ।

सीओटी बन्न आवश्यक एक करोड ४० लाख ७८ हजार रुपैयाँको व्यवसाय गरेर सिटिजन लाइफ इन्स्योरेन्सक माधव सिंह साउद, दिपा श्रेष्ठ र दिपा चापागाई सन् २०२५ को सीओटी लक्ष्य प्राप्त गर्न सफल भएकी हुन् ।

सिटिजन लाइफ इन्स्यारेन्सको सतुङ्गल शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरिरहेका माधव साउद, दमौली शाखा कार्यालयकी दिपा श्रेष्ठ र स्वयम्बु शाखा कार्यालयमा आवद्ध भएर व्यवसाय सञ्चालन गरिरहेकी दिपा चापागाई सन् २०२५ को सीओटी बन्न सफल भएकी हुन् ।

माधव सिंह साउद र दिपा चापागाई गत आर्थिक वर्षको अवधिमा सिटिजन लाइफ इन्स्योरेन्समा आफ्नो व्यक्तिगत कोृडबाट सबैभन्दा बढी बीमा व्यवसाय संकलन गरेर कम्पनीका सर्वोत्कृष्ट अभिकर्ता बन्न सफल भएका थिए ।

prabhu mahalaxmi
kumari