stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल टेलिकमले सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

पुस २८ गते सत्रौं वार्षिक साधारण सभा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यस कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि साधारण सभामा पेश हुनेछ ।

साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ ।

यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश पाउने छन् ।

उक्त साधारण सभाले लाभांशका साथै साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सत्रौं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा बिहान १० बजे सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari