citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

होण्डा एनएक्स २००को विशेष मिडिया टेस्ट राइड सम्पन्न

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति प्रदान गर्दै होण्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रा.लि.ले होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड कार्यक्रम आयोजना गरेको छ ।

‘फ्रम सिटी लाइट्स टु माउन्टेन हाइट्स, राइड इट अल’ भन्ने मुख्य नारामा आधारित सो कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई सहरको बाटो र पहाडी ट्रेलहरूमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराइयो ।

टेस्ट राइड होण्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरु भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हात्तिवनको जङ्गल पार गर्दै हात्तिवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुंगिएको थियो ।

यसले सहरको बाटो, उकालो र कठोर ट्रेलको मिश्रित मार्गले मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई  एनएक्स २०० को  बहुमुखी  प्रदर्शन र  क्षमता  प्रत्यक्ष  अनुभव गर्न  मौका दिएको छ ।

एनएक्स २०० मिट एन्ड ग्रिट कार्यक्रममा साहसिक यात्रा प्रेमी र सहरमा सवार गर्न रुचाउने राइडरहरू एकै ठाउँमा भेला हुने मौका पाए । यसले बाइकको ‘एडभेन्चर–क्रसओभर स्टाइलिङ’ र बहुप्रयोजन क्षमता प्रस्तुत गरेको छ ।

बाइकमा रहेको युएसडी (अपसाइड डाउन) गोल्डेन फ्रन्ट सस्पेन्सनले अप्ठ्यारा बाटोहरू सहजै पार गर्न सक्षम बनाउनाले एनएक्स २०० बाइकले अफरोड यात्राका लागि विशेष गरी नेपालको युवा पुस्तामाझ लोकप्रियता कमाएको छ ।

यसमा रहेको स्लिपर क्लचले गियर परिवर्तन सहज बनाउँछ भने सिंगल च्यानल एबीएसले ब्रेक लगाउँदा सुरक्षा र नियन्त्रण बढाउँछ ।

२०२४ मार्चमा सार्वजनिक गरिएको यो बाइकले माथि उठेको ह्यान्डलबार र अपराइट बसाइको सुविधासहित लामो यात्राका लागि आरामदायी राइड प्रदान गर्दछ ।

gold
himalayan life insurance long ad