citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट लिमिटेडले ५.१५ प्रतिशत लाभांश दिने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्भेष्टमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४.८८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२७ प्रतिशत नगद गरी कुल ५.१५ प्रतिशत लाभांश दिने भएको हो ।

सोही प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते झम्सिखेल ललितपुरमा दिउँसो साढे ३ बजेदेखि बस्नेगरी साधारण सभा आह्वान गरेको छ ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुनेछन् ।

साथै सभाले संस्थाको पुँजी वृद्धि गर्न थप लगानीकर्ता भित्र्याउनुका साथै अन्य संस्थासँग मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १८ गतेसम्म नेप्सेमा कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि सहभागी बन्ने अवसर पाउनेछन् ।

gold
himalayan life insurance long ad