sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आज छैटौं वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आज बिहीबार पुस ४ गते छैटौं वार्षिक साधारण सभा बस्दैछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सोल्टी होटलको साधारण सभा बस्न लागेको हो ।

बैंकले यसपटक भने लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । तसर्थ, यो पटक सेयरधनीको हात खाली हुनेछ ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, मंसिर २० गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउन सक्नेछन् ।  निफ्राको वार्षिक साधारण सभा कार्की ब्यांक्वेट, बबरमहल हाइट, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

 

prabhu bank
nawakantipur long