stcnepal long ad

पूर्वराष्ट्रपति भण्डारीसमक्ष क्षेत्री समाजले राख्यो जातिय आरक्षणको खारेजीको माग

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा। क्षेत्री समाज नेपालले पूर्वराष्ट्रपति विद्या भण्डारी समक्ष जातिय आरक्षणको खारेजीको माग गरेको छ । बुधवार पोखरामा पूर्वराष्ट्रपति भण्डारीसँग समाजका पदाधिकारीहरुले गरेको भेटमा सो माग गरेका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको एकिकरण, राष्ट्र, राष्ट्रियता संविधान निर्माणमा क्षत्री जाति र समाजको भूमिका सशक्त रहेको बताईन् ।

उनले देशलाई सबै जातिको साझा बनाउन सदभाव कायम गराउन समाजले सकरात्मक भूमिका खेल्नुपर्नेमा जोड दिईन् ।

भेटका क्रममा क्षत्री समाज नेपालका केन्द्रिय महासचिव कृष्णबहादुर थापाले समाजले अगाडी सारेको राष्ट्रियता जातीय सदभाव सम्वन्धमा पनि जानकारी पूर्वराष्ट्रपतिलाई जानकारी गराएका थिए ।

भेटमा क्षत्री समाजका केन्द्रिय अध्यक्ष रिवबहादुर थापाले पूर्वराष्ट्रपतिले नागरिक विधेयकमा खेल्नुभएको भूमिकाप्रति धन्यवाद दिए ।

सो भेटमा समाजका केन्द्रिय पदाधिकारी, प्रदेश र जिल्लाका महासचिवहरु, सांसद भीम कार्की र पूर्व सांसद कृष्णबहादुर थापा लगायतको समेत उपस्थिती रहेको थियो ।