citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

साताको तेस्रो दिनको कारोबार शेयर बजारमा उछाल आए

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । साताको तेस्रो दिनको कारोबार शेयर बजारमा उछाल आएको छ । शेयर बजार खुलेको एक मिनेटमै सकारात्मक सर्किट हानेर २० मिनेट बन्द भएको बजारमा खुल्ने बित्तिकै पुन दोस्रो पटक पनि सर्किट हानेको थियो ।

त्यसपश्चात् घट्दै गएको शेयर बजार अन्तिम समयसम्म ४७ दशमलव ०४ अंकमा सीमित भएको छ । अन्तिम समयमा नेप्से परिसूचक २ दशमलव २९ प्रतिशतले बढेर २१०० को विन्दुमा पुगेको हो ।

आज २२७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटाको घटेको छ । आज सबैभन्दा धेरै एनआरएनको १२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

गुडविल फाइनान्सको ११ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, यूनाइटेड इर्दी मर्दीको पनि १० करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ३१५ कम्पनीका ६० हजार ७ सय २० कारोबारबाट ११ करोड ६४ लाख ५ हजार ९ सय ५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आजको कारोबार रकम ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० पुगेको छ ।

सरकार परिवर्तन हुने उत्साह सँगै शेयर बजारमा देखिएको छ । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर नयाँ गठबन्धनको सरकार बन्ने भएपछि शेयर बजारमा उछाल आएको हो ।

himalayan life insurance
igi long