नेसनल लघुवित्त र माउन्टेन इनर्जी कम्पनीको बोनस सेयर डिम्याट खातामा जम्मा

काठमाडौं । नेसनल लघुवित्त र माउन्टेन इनर्जी कम्पनीको बोनस सेयर डिम्याट खातामा जम्मा भएको छ । नेसनल लघुवित्त र माउन्टेन इनर्जीको बोनस सेयर खातामा जम्मा भएको हो ।
नेसनल लघुवित्तले ७.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । कम्पनीको २०८० चैत १६ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट ७.५० प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
माउन्टेन इनर्जीले १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।
कम्पनीको २०८० चैत १३ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
यी दुवै कम्पनीले २०८० फागुन २९ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको जनाएका छन् ।
फागुन २९ गतेपछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने दुवै कम्पनीले जनाएका छन् ।