citizens life insurance long ad
stcnepal long ad

बुधबार नेप्से स्थिर, कारोबार रकम भने बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बुधबार नेप्से परिसूचक स्थिर रहेको छ। मंगलबार १९६०.८१ विन्दुमा बन्द भएको सेयर बजार बुधबार पनि १९६०.६० विन्दुमा बन्द भएको छ।

बुधबारको बजारमा दुई अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् मंगलबार दुई अर्ब १४ करोड पाँच लाख दुई हजार ६२१ रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४० करोड रूपैयाँ वृद्धि भएको हो। यस दिन ३०५ वटा धितोपत्रको ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर किनबेच भएको हो।

बुधबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ। यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन इन्फिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक ९।९९ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४०७ रूपैयाँ ९० पैसा कायम भएको छ। यस्तै, दोल्ती पावरको सेयर मूल्य ९।७४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४६२ रूपैयाँ कायम भएको छ।
कुमारी सबल योजनाको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

उक्त योजनाको इकाइ मूल्य ८ रूपैयाँ ७३ पैसा कायम भएको छ। यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको मूल्य ३।६९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४१८ रूपैयाँमा झरेको छ। बुधबार फर्स्ट माइक्रोफाइनान्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६७८ रूपैयाँमा १० करोड ६० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.२८ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ग्रामिण विकास लघुवित्त रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७५१ रूपैयाँमा ७ करोड १५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, जलविद्युत, लघुवित्त र व्यापार समूहको परिसूचक बढेको भने बाँकी ९ समूहको परिसूचक घटेको छ।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.११ प्रतिशतले बढेको छ भने अन्य समूहको परिसूचक सर्वाधिक १।१५ प्रतिशतले घटेको छ।

IME Life
kumari