citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेप्से परिसूचक ६.२६ अंकले घटे

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ ।  सेयर कारोबार मापक नेप्से परिसूचक ६.२६ अंकले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतले घटेको नेप्से २०१२।०७ अंकमा सीमित भएको छ ।

साताको दोस्रो दिन कुल २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार २ सय कित्ता सेयर किनबेच भएको छ ।

कुल ८६ कम्पनीको सेयर मूल्य बढ्यो भने १५१ कम्पनीको सेयर मूल्य घट्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो । गुँरास लघुवित्त वित्तिय संस्था, माइखोला हाइड्रोपावर र माहुली लघुवित्त वित्तिय संख्याको मूल्य १० प्रतिशत बढ्यो ।

तारागाउँ रिजेन्सी होटलको मूल्य ७।२५ प्रतिशतले बढ्यो । रिभर फल्स पावर कम्पनीको मूल्य १० प्रतिशतले घट्यो । हिमालयन हाइड्रोपावर कम्पनीको मूल्य ६.२७ र अपर लाहोर खोला हाइड्रोपावरको मूल्य ६.१७ प्रतिशतले घट्यो ।

कारोबार रकमको आधारमा सर्वोत्तम सिमेन्ट, शिवम सिमेन्ट, गुँरास फाइनान्स अघि रहे । सर्वोत्तम सिमेन्टको ४७ करोड २९ लाख १७ हजार रुपैयाँ, शिवम सिमेन्टको ११ करोडको सेयर किनबेच भएको छ ।

himalayan life insurance
igi long