stcnepal long ad
ime life insurance
global ime bank long

होण्डाले नेपाली बजारमा भित्र्यायो एनएक्स२००

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । होण्डाले आफ्नो नयाँ बाईक एनएक्स२०० नेपाली बजारमा भित्र्याएको छ। एनएक्स२०० बाइकलाई सिटी राइडिङ र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भनिएको छ।

यसको ‘अप(राइट पोजिसन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको भनाई छ । एनएक्स२०० मा उपलब्ध ‘वाइण्ड भाइजरु र ‘एलईडी विङ्कर’ सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाएको छ।

‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्ने गरी चाबी हाल्ने ठाउँ ट्याङ्कीमै हुनु पनि एनएक्स२०० को अरु थप उल्लेखनीय विशेषता हुन्।

एनएक्स२०० मा रहेको ‘फ्रन्ट ए बी एस सिस्टमु’र ‘डूअल पेटल डिस्क ब्रेक’ले तपाईंलाई दिनेछ यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावश्यक हुन्छ।

१० वर्ष सम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङहरूमा उपलब्ध एनएक्स २०० को सुरुवाती विक्री मूल्य ४,७९,९०० मात्र तोकिइएको छ। कम्पनीले एनएक्स२०० को औपचारिक बिक्री वितरण यही चैत्र १५ बाट सुरु गरिसकेको छ ।

prabhu mahalaxmi
kumari