stcnepal long ad
ime life insurance
global ime bank long

सेवाग्राहीसँग १५ हजार घुस लिने लेखापाल विरुद्ध भ्रष्ट्राचारको मुद्दा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध १५ हजार रुपियाँ घुस लिएको भन्दै उनि विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम माग गरी लिएको पुष्टि भएको आयोगले बताएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भए बमोजिम जरिवाना हुन मागदाबी लिइ विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

prabhu mahalaxmi
kumari