citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सेयर बजारमा यो साता कुल बजार पुँजीकरण ६.५ प्रतिशतले उकालो लागे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ। सेयर बजारमा यो साता कुल बजार पुँजीकरण ६.५ प्रतिशतले उकालो लागेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ७६ अर्ब रुपियाँ रहेको कुल बजार पुँजीकरण यो साता एक खर्ब ९९ अर्ब रुपियाँ बढेर ३२ खर्ब ७६ अर्ब ३३ करोड ७१ लाख ५९ हजार ६८६ रुपियाँ पुगेको हो ।

परिसूचकसँगै कारोबार रकम पनि बढेको यो साता हरेक दिन पाँच अर्बभन्दा बढीको कारोबार भएको छ । समग्रमा साताभर ३१ अर्ब २७ करोड रुपियाँ बढीको कारोबार भएको छ । गत साता पाँच दिन नै बजार खुल्दा १६ अर्ब ६७ करोडको कारोबार भएको थियो ।

आइतबार पाँच अर्ब १५ करोड, सोमबार छ अर्ब ८६ करोड, मङ्गलबार पाँच अर्ब ९८ करोड, बुधबार सात अर्ब र बिहीबार छ अर्ब २७ करोडको कारोबार भएको छ ।

यो साता नेप्से परिसूचक ५.५ प्रतिशतभन्दा बढीले उकालो लागेर बन्द भएको छ । गत साता १९९४.६० बिन्दुमा बन्द भएको नेप्से, यस साता ५.७४ प्रतिशत अर्थात् ११४.५० अङ्क बढेर २१०९.१० बिन्दुमा बन्द भएको छ ।

यो साता पाँच कारोबार दिनमध्ये नेप्से परिसूचक चार दिन उकालो लागेको थियो भने एक दिन ओरालो लागेको थियो । चालु आर्थिक वर्षको कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब एक करोड रुपियाँ कायम भएको छ । २०७९ कात्तिक मसान्तमा बजार पुँजीकरण २७ खर्ब ५२ अर्ब २४ करोड रुपियाँ रहेको थियो ।

आव २०८०र८१ को चार महिनामा ३६ अर्ब १० करोड बराबरको साधारण सेयर, तीन अर्ब ८४ करोड रुपियाँ बराबरको हकप्रद सेयर र दुई अर्ब ५४ करोड रुपियाँ बराबरको बोनस सेयर गरी कुल ४२ अर्ब ४८ करोड बराबरको थप सेयर सूचीकृत भएको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले आठ अर्ब ५१ करोड बराबरको साधारण सेयर, तीन अर्ब २० करोड बराबरको डिबेन्चर, दुई अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड र एक अर्ब १० करोड बराबरको हकप्रद सेयर गरी कुल १५ अर्ब ३१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

सूचीकृत कम्पनीहरूमध्ये बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.२ प्रतिशत रहेको छ ।

त्यसै गरी जलविद्युत् कम्पनीको हिस्सा १२.६ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटलको हिस्सा ३.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.२ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० कात्तिक मसान्तमा सूचीकृत सात अर्ब ८८ करोड सेयर सङ्ख्याको चुक्ता मूल्य सात खर्ब ८१ अर्ब ३८ करोड रुपियाँ रहेको छ ।

himalayan life insurance
igi long