citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

कामपाले पुस १५ बाट नियमित सरसफाइको अनुगमन गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी पुस १५ गतेबाट महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैरसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरमा नियमित सरसफाइ भए नभएको अनुगमन गर्ने भएको छ।

ती निकाय तथा संस्थाहरूले नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले कार्यालय परिसरमा मात्र नभई सिङ्गो शहरको सौन्दर्यमै कमी आएको निष्कर्ष निकाल्दै कामपाले अनुगमन शुरू गर्न लागेको हो।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले वातावरण व्यवथापन कार्यविधि–२०७९ अनुसार अनुगमन गर्न लागेको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामी १५ गतेबाट सबै क्षेत्रको अनुगमन गर्नेछौं, त्यसअघि पुनः सार्वजनिक सूचना जारी गर्नेछौं।’

अनुगमन गर्नुअघि कामपाले आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा सूचना जारी गरेको छ। उपमेयरको संयोेजकत्वमा गठित टोलीले फोहोरमैला व्यवस्थापन ऐन–२०६८ र नियमावली–२०७० को कानुनी व्यवस्था तथा कामपा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन–२०७७ अनुसार सबै निकायको अनुगमन गर्न लागेको हो ।

कामपाले वातावरणमैत्री स्थानीय प्रारूपको परिच्छेद–६ बमोजिम प्रत्येक सार्वजनिक कार्यालयहरूलाई वातावरणमैत्री सार्वजनिक कार्यालयका प्रमुख सूचकहरूबमोजिम आफ्नो कार्यालय व्यवस्थापन गर्न आग्रह गरेको छ।

विभाग प्रमुख श्रेष्ठका अनुसार अनुगमन टोलीले अनुगमनको क्रममा गल्ती भेटिए ५ सयदेखि ५० हजार रुपियाँसम्म जरिवाना गराउने तयारी गरेको छ। पटकपटक गल्ती दोहो¥याए १ लाखसम्म जरिवाना तिराउने उहाँको भनाइ थियो।

कामपाले जारी गरेको सूचनामा आफ्नो कार्यालयमा फोहोर गरे जरिवानासहित फोहोर व्यवस्थापन गर्दा लागेको खर्चसमेत असुलउपर गर्ने उल्लेख छ।

महानगरले वडाको सहयोगमा टोली बनाएर अनुगमन गर्ने जनाएको छ। यसैबीच फोहोरमैला अनुगमनसँगै भवन निर्माण गर्दा नियम पालना गरेनगरेको अनुगमन पनि गर्ने भएको छ।

विभागले सरकारी र गैरसरकारी भवन निर्माण गर्ने क्रममा वातावरणीय परीक्षण गरे नगरेबारे अनुगमन गर्न लागिएको जानकारी दिँदै विभागीय प्रमुख श्रेष्ठले भन्नुभयो– ‘विसं २०७८ पछि निर्माण भएका भवनको वातावरणीय परीक्षण तथा मूल्याङ्कन ९ईआईए० र प्रारम्भिक वातावरणीय मूल्याङ्कन ९ईआई० भए नभएको समेत अनुगमन गर्नेछौं।’

कामपाले राजधानीलाई सुन्दर महानगर बनाउने योजना सहित सफाइ अभियानलाई तीव्रता दिन थालेको छ। त्यसका लागि ३ सय कर्मचारी थप गरेको छ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

gold
himalayan life insurance long ad