macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल वेयरहाउजिङको आईपीओ आज बाँडफाँट गरिने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको साधारण सेयर (आईपीओ) आज बाँडफाँट गरिने भएको छ ।

आज बिहान १० बजे आईपीओ बाँडफाँट गरिने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । नेपाल वेयरहाउजिङको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।

आईपीओमा १२ लाख ५७ हजार ७५६ जनाले १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन् ।

आवेदन दिएका मध्ये १ लाख ६४ हजार १२५ जनाले सेयर हात पार्नेछन् ।बाँकी ११ लाख ४३ हजार ६३१ जनाको हात खाली हुनेछ ।

कम्पनीले मंसिर १० देखि १३ गतेसम्म ११ लाख ४१ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

himalayan life insurance
igi long
NTA long ad