citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आईआईएमएस कलेजले शनिबार दीक्षान्त समारोह गर्दै, एक हजारभन्दा बढी सहभागी हुने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । राजधानीको कमलपोखरीस्थित आईआईएमएस कलेजले यही आउँदो शनिबार दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । कार्यक्रममा बिएससी र बिएचएमका अध्ययन पूरा गरेका विद्यार्थीहरु दीक्षित हुनेछन् ।

पछिल्लो समय सफल र चर्चामा रहने गरेको यस कलेजले दीक्षान्त समारोहमा विभिन्न संकायका गरेर पाँच सयभन्दा बढी विद्यार्थीहरु दीक्षित हुने र अभिभावकहरुसमेत गरेर एक हजारभन्दा बढी सहभागी हुने कलेज प्रशासनले जनाएको छ ।

शनिबार बिहान १० बजेबाट सुरु हुने दीक्षान्त समारोह करिब एक बजेसम्म (तीन घण्टा) होटल मेरियटमा गर्न लागिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई मायाको चिनो (टोकन अफ लभ) दिने कलेजले जनाएको छ । ।

आईआईएमएस कलेजका दीक्षान्त कार्यक्रम संयोजक तथा ग्रोथ एण्ड डेभलपमेण्ट सर्भिसेस डाईरेक्टर बृहत सिंह बोसवाले भने, ‘यसअघि पनि हामीले विद्यार्थीहरुलाई दीक्षित गर्दै आएका हौं ।

यसरी दीक्षित गर्दैगर्दा विद्यार्थीहरुले आफूले कलेजबाट हाँसिल गरेका अनुभवहरु आफ्ना साथी, शिक्षक र अभिभावकहरुमाझ सुनाउने छन् । कलेजबाट सिकेको ज्ञान, सीप आफ्नो जीवनभर उपयोग गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’

मलेसियन विश्वविद्यालय यूसीएसआईबाट संचालित आईआईएमएस केलजको दीक्षान्त कार्यक्रममा उक्त विश्वविद्यालयका भाईस चान्सलर (भिसी) मुकभिन्दर सन्धु हभागी हुनेछन् ।

त्यस्तै, विश्वविद्यालयका रिर्सच हेड तथा हस्पिटालिटी टुरिजम डिपार्टमेन्ट हेड डा. इडा इनक इन्गो, वरिष्ठ व्यवस्थापक  रोनाल्ड छान छिच  छेन र लोई मिनलगायत पनि सहभागी हुने कलेजको भनाई छ ।

gold
himalayan life insurance long ad