stcnepal long ad
ime life insurance
national life
global ime bank long

युक्रेनको खाद्यान्न निकासीको सम्झौताबाट पछि हट्यो रुस

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

युक्रेनको खाद्यान्न निकासीमा अवरोध नगर्ने सम्झौताबाट रुस पछि हटेको छ । युक्रेनले रुस र क्राइमिया जोड्ने पुलमा क्षेप्यास्त्र आक्रमण गरेकै दिन सोमबार मस्को कृष्णसागर हुँदै युक्रेनको खाद्यान्न निकासी गर्न दिने सम्झौताबाट पछि हटेको हो ।

तर रुसले क्राइमियाको पुल आक्रमणसँग खाद्यान्न निकासी सम्बन्धि निर्णयको कुनै सरोकार नरहेको दाबी गरेको छ ।

युक्रेनलाई खाद्यान्न निकासी गर्न दिंदा रुसबाट रासायनिक मल र रुसी खाद्यान्न पनि अन्तर्राष्ट्रिय बजारमा जान पाउनुपर्ने  सहमति कार्यान्वयन नभएकाले आफू पछि हट्न बाध्य भएको रुसी तर्क छ ।

संयुक्त राष्ट्रसंघ र टर्कीको पहलमा भएको खाद्यान्न निकास सम्झौताबाट रुस पछि हटेपछि अन्तर्राष्ट्रिय बजारमा पुनः खाद्यान्न संकट गहिरिने चिन्ता बढेको छ ।

गत जुलाईको सम्झौतापछि युक्रेनले एक वर्षमा तीन करोड २० लाख टन गहुँ, मकैलगायत खाद्यान्न निकासी गरेको थियो ।

IME Lifesidebar
kumari