sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

जर्मनीको ह्यामवर्ग शहरस्थित एउटा चर्चमा अन्धाधुन्द गोली प्रहार

Nimb long ad
Prabhu Insurance Long Ad

जर्मनीको उत्तरी सहर ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । इसाई धर्माबलम्बीहरुको कार्यक्रम चलिरहेको ‘जेहोभाज विटनेस बैठक हल’ मा भएको गोलीकाण्डमा परी थुप्रै घाइते भएका छन् ।

प्रहरीले घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको पुष्टी गरेको छ । मृतकहरुमा आक्रमणकारी पनि हुनसक्ने प्रहरीको अनुमान छ । अहिलेसम्म आक्रमणकारीको पहिचान भएको छैन भने आक्रामण्को उद्देश्य पनि खुलेको छैन ।

ह्यामवर्ग शहरको ग्रोस बोर्सटेल जिल्लाको डिलबोगे सडकमा घटना भएको हो । प्रहरीको कारबाहीका क्रममा आसपासका बासिन्दाहरूलाई घरबाहिर ननिस्कन भनिएको छ ।

prabhu bank
nawakantipur long