citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको फौजदारी रिटमा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुने सम्भावना छ । बिहीबार न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको ईजलाशमा पेशी तोकेर पनि हेर्न नभ्याउने भन्दै स्थगित गरिएको रिटको पेशी शुक्रबार पुनः तोकिने छ ।

प्रचण्डविरुद्ध रामेछापका ज्ञानेन्द्रराज आरणसहित २९ जनाले द्वन्द्वकालमा भएका व्यक्ति हत्यामा जिम्मेवार रहेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।

प्रचण्डले २०७६ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवमा द्वन्द्वकालमा हत्या गरिएका पाँच हजार जनाको जिम्मेवारी आफूले लिने बताउनुभएको थियो ।

द्वन्द्वकालिन मुद्दा भनेर बारम्बार दरपिठ हुँदै आएको रिटलाई न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दर्ता गर्न आदेश दिएपछि मुद्दा अघि बढेको हो ।

himalayan life insurance
igi long