citizens life insurance long ad

सन् २०२२ मा एयरबस चार अर्ब बीस करोड युरो खुद नाफा कमाउन सफल

Nimb long ad
Prabhu Insurance Long Ad

युरोपेली विमान निर्माता कम्पनी एयरबसले आपूर्ति शृङ्खलाको समस्याका कारण उत्पादन बढाउने क्षमतामा कमी आए पनि सन् २०२२ को नाफा कीर्तिमानी स्तरमा पुगेको जनाएको छ ।

एयरबसले गत वर्ष ६६१ वटा विमान ग्राहकलाई हस्तान्तरण गर्ने योजना बनाए पनि खुद नाफा एक प्रतिशतले बढेर चार अर्ब २० करोड युरो ९चार अर्ब ५० करोड अमेरिकी डलर० पुगेको छ ।

महामारीको समयमा एयरलाइन्सहरू यात्रा प्रतिबन्धका कारण अधिकांश उडानहरू रोक्न बाध्य भएका समय एयरबसले उत्पादन कटौती गरेको थियो ।

कम्पनीले चाँडै महामारीका समय परेको आर्थिक बोझलाई सन्तुलित गर्ने विश्वास गरेको छ । विश्वभर यातायात सेवामा सुधार भइरहेको र एयरलाइन्सले उच्च ईन्धनको मूल्यलाई ध्यानमा राख्दै ईन्धन–कुशल विमानको खरीद बढाउन खोजिरहेको छ ।

एयरबसका प्रमुख कार्यकारी गुइलाउम फाउरीले भन्नुभयो, “प्रतिकूल सञ्चालन वातावरणका बावजुद हामीले हाम्रो आपूर्ति श्रृङ्खलालाई हामीले अपेक्षा गरेको गतिमा सुधार गर्नबाट रोकेको र ठोस वित्तीय विश्वास प्रदान गरेका छौं ।

एयरबससँग १० हजारभन्दा बढी आपूर्तिकर्ताहरू छन् । जसमध्ये केहीलाई महामारीको समयमा कर्मचारीहरू छोडेपछि उत्पादन बढाउन समस्या भएको थियो । कच्चा माल प्राप्त गर्न बाधा भएको र युक्रेनको रूसी आक्रमण पनि आर्थिक जटिलताको कारक बनेकको कम्पनीले जनाएको छ ।

“सुरुमा योजना गरिएको भन्दा कम व्यावसायिक विमान डेलिभरी भएपछि कम्पनीले आफ्नो सञ्चालनलाई सोही अनुसार समायोजन गर्नुपरेको छ,” उहाँले बताउनुभयो । एयरबसले सन् २०२३ मा ७२० वटा विमानलाई बजारमा ल्याउने लक्ष्य राखेको छ ।

विमान कम्पनीको बिक्री १३ प्रतिशत बढेर ५८.९ बिलियन यूरो पुगेको छ । यसले गत वर्ष अमेरिकी डलरको शक्र्ति वितरित विमानहरूको सङ्ख्या वृद्धिलाई प्रतिबिम्बित गर्दछ ।

IME Life
kumari