citizens life insurance long ad
stcnepal long ad

नियुक्त भएको तीन महिनामै युक्रेन युद्धका शीर्ष रुसी सैन्य कमाण्डर बर्खास्त

Nimb long ad
Prabhu Insurance Long Ad

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धका शीर्ष सैन्य कमाण्डरलाई पदबाट हटाउनुभएको छ । राष्ट्रपति पुटिनले सैन्य प्रमुखमा नियुक्त गरिएको तीन महिनाभित्रै युसेरगेई सुरोभिकिनलाई पदबाट हटाउँदै जेनरल भ्लालेरी गेरासिमोफलाई नियुक्त गर्नुभएको छ ।

सुरोभिकिनले युक्रेनी ऊर्जा संरचनाहरूमा हालै भएका सैन्य आक्रमणको नेतृत्व गर्नुभएको थियो । जेनरल गेरासिमोफले अब विशेष सैन्य कारबाहीले नेतृत्व गर्ने पनि राष्ट्रपति पुटिनले जनाउनु भएको छ । पूर्वी युक्रेन आफ्नो नियन्त्रणमा लिन सफल भएको भन्ने रुसी दाबीका बीच राष्ट्रपति पुटिनले यो फेरबदल गर्नुभएको हो ।

यसैबीच पुटिनले रुसको बिग्रँदो अर्थतन्त्र र युक्रेनविरुद्धको युद्धमा रुसको कमजोर हुँदै गएको भूमिकाका सम्बन्धमा आक्रोश व्यक्त गर्नुभएको छ ।

भिडियो कन्फरेन्स मार्फत् गरिएको सरकारी बैठकका क्रममा राष्ट्रपति पुटिनले सेना र नागरिकका लागि विमानहरू खरिद गर्न नसकेको भन्दै उपप्रधानमन्त्री देनिस मान्टुरोफको आलोचना गर्नुभयो ।

IME Life
kumari