citizens life insurance long ad
stcnepal long ad

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारको तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले बिहीबार सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रचण्डले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् ।

सोहीअनुसार आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ ।

प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए । प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी सहितका सात दल गठबन्धनमा छन् ।

IME Life
kumari