stcnepal long ad
global ime bank long

रूसले नयाँ वर्षमा समेत युक्रेनमा आक्रमण गर्‍यो

आक्रमणमा एक जनाको मृत्यु, २० घाइते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

१० महिनादेखि युक्रेनमाथि हमला गर्दै आएको रुसले नयाँ वर्षको अवसरमा पनि आक्रमण गर्न छाडेको छैन ।

रुसले नयाँ वर्ष २०२३ को पूर्वसन्ध्यामा राजधानी कीभमै घातक हमला गरेको हो । कीभका मेयर भिटाली क्लित्च्कोले राजधानीमा दर्जनौं स्थानमा क्षेप्यास्त्र खसेको जानकारी गराएका छन् । सोही आक्रमणबाट एक जनाको मृत्यु भएको छ । साथै २० जना घाइते भएको मेयर भिटाली बताएका छन् ।

रुसी क्षेप्यास्त्र लागेर एउटा होटल समेत क्षति ग्रस्त भएको छ । युक्रेनी सेनाका प्रमुख भ्यालेरी जालुझ्नीले करिब २० वटा रुसी क्षेप्यास्त्र खसारेको बताएका छन् । रुसी आक्रमण सुरु भएपछि नयाँ वर्ष स्वागतको तयारी गरेका कीभवासीहरु सेल्टरतर्फ दौडिएका थिए । यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसलाई कहिल्यै माफ नगर्ने बताउनु भएको छ ।

युक्रेनमाथिको घातक हमलाकाबीच रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्ना सैनिकहरुकोबीचमा बसेर नयाँ वर्षको सन्देश दिए लगत्तै जेलेन्स्कीले रुसलाई माफ नदिने बताउनु भएको हो । पुटिनले रुसी नागरिकहरुको भविष्य समेत ध्वस्त पारिरहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको तर्क छ ।

IME Lifesidebar
kumari