stcnepal long ad
global ime bank long

अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न बन्देज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अफगानिस्तानमा महिलाहरुमाथि एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको तालिवान सरकारले महिलाहरुलाई गैरसरकारी संस्थाहरुमा समेत काम गर्न बन्देज लगाएको छ ।

तालिवान सरकारको यो कदमको संयुक्त राष्ट्र संघ र अमेरिकाले निन्दा गरेका हुन् । महिलाहरुको मौलिक अधिकारको उलंघन गरेको भन्दै राष्ट्र संघ र अमेरिकाले निन्दा गरेका हुन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले तालीवानको निर्णयले लाखौं अफगानी महिलाको जीवन बचाउन गरिने सहायतामा ठेस पुगेको प्रतिक्रिया दिदै तालिवानी कदम अफगान जनताका लागि विनाशकारी हुने बताउनुभएको छ ।

यस अघि तालिवान सरकारले अफगानी महिलाहरुलाई विश्वविद्यालयको पठनपाठनमा प्रतिबन्ध लगाएको थियो । महिलाहरुले विश्वविद्यालयमा पढ्न पाउनु पर्ने भन्दै देशभर प्रदर्शन पनि गरेका छन् । तर सरकारले भने नयाँ नयाँ प्रतिबन्धहरु थोपर्दै लगेको छ ।

IME Lifesidebar
kumari