stcnepal long ad
global ime bank long

हिमाली जिल्ला रसुवाको धुञ्चेमा वाणिज्य बैंकको शाखा विस्तार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

रसुवा । राष्ट्रिय वाणिज्य बैंकले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न धुञ्चेमा शाखा विस्तार गरेको छ ।

बैंकले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुआत गरेको थियो । नव निर्वाचित प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे तथा बैंक सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरे संयुक्त रुपमा शनिबार बाणिज्य बैंक धुञ्चे शाखा कार्यालयको शुभारम्भ गर्नुभयो । योसँगै बैंकले सबैखाले कारोबार सेवा खुला समेत गरेको छ ।

शाखाले उत्तरी क्षेत्रका लाङ्टाङ, टिमुरे, थुमन, चिलिमे, हाकु, गोल्जुङ, गतलाङ, स्याफ्रुसमेतका बासिन्दालाई प्रत्यक्ष सेवा दिने उक्त शाखाका प्रबन्धक हेमन्त सुवेदीले जानकारी दिनुभयो ।

रसुवागढी नाका सञ्चालनमा आएपश्चात निजी क्षेत्रबाट दर्जनौँ बैंक रसुवा भित्रिए छन् । बाणिज्य बैंकले धुञ्चेमा थप शाखा विस्तार गरेसँगै स्थानीय बासिन्दा हर्षित भएको रसुवा नागरिक समाजले जनाएको छ ।

सो अवसरमा बैंकका सञ्चालक समिति सदस्य केदार घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, रसुवाका प्रमुख कोष नियन्त्रक हेमराज पौडेल, जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा, बैंक प्रदेश प्रबन्धक ध्रुवप्रसाद अर्यालयलगायतको सहभागिता रहेको थियो ।

विपन्न, व्यापारिक, घर निर्माणसमेतका विविध शीर्षकमा रु पाँच लाखदेखि पाँच करोडसम्म बैंकले कर्जा प्रवाह गर्ने जनाइएको छ । बैंकले नेपाल राष्ट्र बैंकको नीति, नियम र मापदण्डका आधारमा सेवा प्रवाह गर्ने जनाइएको छ ।

IME Lifesidebar
kumari