stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रूसी कच्चा तेलको मूल्य घटाउने युरोपियन युनियनको निर्णय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

युरोपियन युनियन (इयू) ले रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने सम्झौता गरेको छ ।

कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न इयूले सोही सम्झौता गरेको जनाएको हो। रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न सो मूल्य निर्धारण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

करिब १ वर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणको विपक्षमा रहेको इयूले पटक(पटक आग्रह गर्दा पनि रुसपछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दवाव दिएको इयूमा आवद्ध सदस्य राष्ट्रहरुले जनाएका छन् ।

युक्रेनलाई अझै केही समय मानवीय सहायताको आवश्यक रहेकाले त्यसको परिपूर्तिका लागि पनि तेलको मूल्य घटाइएको कतिपयले विश्लेषण गरेका छन् । इयूको सोही निर्णयलाई सबै सदस्य राष्ट्रहरुले अनुमोदन गरे लगत्तै लागू हुने छ ।

यो सम्झौताले पश्चिमी प्रतिबन्धहरुका लागि महत्वपूर्ण कदम मानिने छ । जसले मूल्यवृद्धि रोक्न तेलको विश्वव्यापी बजारलाई पुनः व्यवस्थित गर्ने लक्ष्य राखेको जनाइएको छ ।

सोही सम्झौता तत्काल लागू हुने अधिकारीहरुले बताएका छन् । सम्झौतासँगै सदस्य राष्ट्रहरुले मात्र तोकिएको मूल्यमा कच्चा तेल खरिद गर्न पाउने छन् ।

prabhu mahalaxmi
kumari