sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयमातहतका निकायलाई निर्देशन दिनुभएको छ।

मन्त्रालयद्वारा शुक्रबार अयोजित ‘आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासिक समीक्षा’ बैठकमा उहाँले सरकारको लक्ष्य र जनअपेक्षालाई सम्बोधन गर्ने गरी लक्षित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो।

सचिव अर्यालले भन्नुभयो, “यो प्रथम त्रैमासिकको रिपोर्ट हेर्दा उद्देश्यअनुरूप काम भएको छैन, काम हुँदै गरेको भन्ने मात्रै आयो, काम सकिएको भन्ने आएन, अब नीति तथा कार्यक्रमले लिएको लक्ष्य समयमै हासिल गर्ने गरी प्रतिफल आउने गरी काम गरौँ ।”

सचिव अर्यालले जे गर्छ‘ भनेको हो त्यो समयमै सक्न र गर्छ‘ भनेकोबाहेक अन्य काम गरेको भए मन्त्रालयलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो।

सचिव अर्यालले सरकारी सेवामा छिटो र छरितोपन ल्याउनका लागि कार्यालयलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।

मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले अब नयाँ सरकार गठन भएसँगै तत्काल जनताको निम्ति सेवासुविधाबारे योजना बनाउन निर्देशन दिनुभयो।

समीक्षा बैठकमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंलगायतको उपस्थिति थियो।

prabhu bank
nawakantipur long