stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

इण्डोनेसियामा भूकम्पमा परेर मृत्यु हुनेको संख्या १६० पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

इण्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १६० पुगेको छ । सोमबार गएको भूकम्पमा सयौँ घाइते भएका छन् ।

५.६ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट करिब ७५ किलोमिटर ९४५ माइल० दक्षिणपूर्वमा रहेको पहाडी पश्चिमी जाभाको सियानजुर सहर नजिक थियो ।

भूकम्पमा परी गम्भीर घाइते भएकामध्ये केहीको सियानजुर क्षेत्रीय अस्पतालमा मृत्यु भएको तथा अन्य सयौँ घाइते भएका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइले जनाएको छ ।

भूकम्प प्रभावित सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका भवन भत्किएका छन् ।

भूकम्पमा अझै केही फसेको हुन सक्ने बताइएको छ । त्यस्तै, भूकम्पका घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्पपछि २२ सय घरमा क्षति पुगेको र कम्तीमा ५ हजार मानिस विस्थापित भएका सरकारले जनाएको छ ।

prabhu mahalaxmi
kumari