stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

इरानमा प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

इरानमा चकिंदै गएको प्रदर्शनकाबीच एक प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सोही क्रममा पक्राउ परेका समन सेइदीलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

उनीमाथि सरकारी भवनमा आगजनी, शान्ति भंग, हत्या, राष्ट्रिय सुरक्षा विरुद्धको अपराध र बन्दुक प्रयोग गरेको अभियोग लगाइएको छ ।

इरानको एक अदालतले तेहरानमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि भएको प्रदर्शनसँग सम्बन्धित मुद्दाहरूमा फैसला सुनाएको हो ।

इरानी अदालतले प्रदर्शनमा सहभागी भएका करिब एक हजार नागरिकलाई यसअघि नै दोषी ठहर गरिसकेको छ । इरानको बढ्दो शक्तिबाट असन्तुष्ट भई अमेरिका र इजरायलले दंगा गराएको इरानी अधिकारीहरूको आरोप छ ।

गलत हिजाब लगाएको आरोपमा पक्राउ परेकी अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा प्रदर्शन भएको हो ।

अदालतले अन्य पाँच प्रदर्शनकारीको मुद्दामा फैसला सुनाएको छ । अभियोग लागेका कतिपयले ५ देखि १० वर्षको जेल सजाय पाएका छन् ।

गत सेप्टेम्बरमा इरानमा शुरु भएको विरोध प्रदर्शन अझै मत्थर भएको छैन । त्यसक्रममा ४९ बालबालिका सहित ३ सय १८ प्रदर्शनकारी र सुरक्षा बलका ३८ सदस्यको मृत्यु भएको थियो ।

prabhu mahalaxmi
kumari