sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

 कर छलीको आरोपमा दुई फर्मका सञ्चालक विरुद्ध मुद्दा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल र आयकर छलीको आरोपमा दुई व्यावसायिक फर्मका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।

कुशेश्वरको अंकुश सप्लायर्सका सञ्चालक प्रविणकुमार महतो र युनिक ट्रेडर्स एन्ड इन्टर प्राइजेजका सञ्चालक आत्मराम पासवानविरुद्ध सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

दुवै कम्पनीले आयाकरतर्फ १७ करोड २२ लाख २१ हजार ९९४ रुपैयाँ र नक्कली मूल्य अभिवृद्धि करतर्फ ५ करोड ४१ लाख ५९ हजार २९ रुपैयाँ कर छली गरेको विभागको दाबी छ ।

दुवै फर्मलाई आयकर र भ्याट छलीमा २२ करोड ६३ लाख ८१ हजार २३ रुपैयाँ बिगो र सोही बराबरको जरिवानासहित ४५ करोड २७ लाख ६२ हजार ४६ पैसा माग दाबी गरिएको विभागले जनाएको छ ।

prabhu bank
nawakantipur long