चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को नेतृत्वमा पुनस् चिनियाँ राष्ट्रपति सी जिनपिङ चयन भएका छन्। सीपीसीको २०औं महाधिवेशन सी जिनपिङलाई पुनस् महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको हो । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् ।
गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो ।
यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् । महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।