citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

जापानको उत्तरी क्षेत्रमा शंकास्पद क्षेप्यास्त्र उत्तर कोरियाको प्रहार

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

एजेन्सी । उत्तर कोरियाले जापानको उत्तरी क्षेत्रमा शंकास्पद क्षेप्यास्त्र प्रहार गरेको छ । मध्यम दूरीको क्षेप्यास्त्र केही समयअघि प्रहार गरिएको बताइएको छ ।

सन् २०१७ पछि उत्तर कोरियाले जापानी भूभागमा पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । संयुक्त राष्ट्र संघले उत्तर कोरियालाई व्यालेष्टिक र आणविक हतियार प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

उत्तर कोरियाको कदमप्रति जापानका प्रधानमन्त्री फुमियो किशिदाले कडा विरोध जनाउनु भएको छ ।

जापानका प्रधानमन्त्रीले उत्तर कोरियाको कदमलाई जापानले ध्वंसात्मक व्यवहारको संज्ञा दिनु भएको छ । जापानले राष्ट्रिय सुरक्षा परिषदको बैठक समेत बोलाएको छ ।

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानी भूमिबाट करिव ३ हजार किलोमिटर टाढा प्रशान्त महासागरमा खसेको छ । क्षेप्यास्त्र प्रहारबाट कुनै मानवीय क्षति भने नभएको समाचार छ ।

himalayan life insurance
igi long