citizens life insurance long ad
stcnepal long ad

इरानमा हिजाब विरुद्धको प्रदर्शन चर्किदै

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शन क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप भएको छ । प्रदर्शनमा उत्रिएका शरीफ विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको हो ।

भीड तितरबितर पार्न सुरक्षाकर्मीले गोली समेत चलाएको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएको छ ।

प्रहरी हिरासतमा एक युवतीको ज्यान गएपछि इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको थियो । हिजाब  कानूनको  पालना  नगरेको भन्दै २२ वर्षीया मेहसा अमिनीलाई प्रहरीले पक्राउ गरेको थियो । उनको हिरासतमै ज्यान गएको थियो ।

गैरसरकारी संस्था इरान ह्युमन राइट्सका अनुसार प्रदर्शनमा अहिलेसम्म १ सय ३३ जनाको मृत्यु गएको छ ।

IME Life
kumari