stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बोरिस जोनसन नेतृत्वको सरकारले जित्यो विश्वासको मत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ। चुनाव गराउनबाट बच्न सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरे।

विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेको छ। सेप्टेम्बरको सुरुमा कन्जरभेटिभ पार्टीले आफ्नो उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्री रहने जोनसनले बताउँदै आएका छन्।

जोनसनले कन्जरभेटिभको संसदीय दलको नेताबाट राजीनामा दिइसकेकाले अर्को नेता नचुन्जेल उनी पार्टीको कामचलाउ नेताको रुपमा रहेका छन्। कन्जरभेटिभ नेता छान्ने पक्रिया सुरु भइसकेको छ।

विपक्षीले जोनसनलाई अविश्वासको प्रस्तावमार्फत हटाउनुपर्ने जनाएको थियो। तर, उनले राजीनामा दिने बताइसकेको र संसदीय दलको नेताबाट पनि हटिसकेकोले तत्काल पदमुक्त गर्नु नपर्ने कन्जरभेटिभले बताउँदै आएको छ।

prabhu mahalaxmi
kumari