साउन ६ गते सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले साउन ६ गते शुक्रबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीको विशेष साधारण सभा होटल हिमालय, कुपन्डोल ललितपुरमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।
बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सिटिजन्स लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो ।
कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गर्नकै लागि विशेष साधारण सभा बोलाएको छ ।
सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

























