stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकाद्वारा रुस विरुद्ध नाकाबन्दीको घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी। अमेरिकाले रुस विरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेको छ । युक्रेनबाट छुट्टिन खोजेका दुई वटा प्रान्तलाई रुसले स्वतन्त्र देशको मान्यता दिंदै तिनीहरुको सुरक्षाका लागि भन्दै सेना पठाएको प्रतिक्रिया स्वरुप अमेरिकाले नाकाबन्दी लगाएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गएराती जारी गर्नुभएको नाकाबन्दी सम्बन्धि आदेश अनुसार अब रुसलाई पश्चिमा वित्त बजारमा निषेध गरिने छ ।

रुसले पश्चिमा देशहरुबाट कुनै पनि आर्थिक सहयोग गर्न पाउने छैन । त्यस्तै रुसले युरोपसहित पश्चिमा देशहरुसंग नयाँ ब्यापार गर्न पनि पाउने छैन ।

राष्ट्रपति बाइडेनले रुसले छिमेकी देशको सार्वभौमिकतामाथि हनन् गरेको भन्दै रुस यो भन्दा अघि बढ्यो भने आफूहरु कठोर जवाफ दिन तयारी अवस्थामा रहेको चेतावनी पनि दिनु भएको छ ।

रुसले हिजो युक्रेनबाट छुट्टिनका लागि पृथकतावादी आन्दोलन चलाउँदै आएका डोनेत्स्क र लुहान्स्क नामका दुई प्रान्तलाई स्वतन्त्र देशको मान्यता दिएकोथियो । रुसी कदमलाई अमेरिकासहित पश्चिमा देशहरुले युक्रेनमाथिको आक्रमणको सुरुवात भनेका छन् ।

रुसका ब्यापारिक समूह तथा संभ्रान्तहरुलाई पनि पश्चिमा संसारमा प्रवेश गर्न रोक लगाउने चेतावनी पनि अमेरिकी राष्ट्रपति बाइडेनले दिनुभएको छ ।

prabhu mahalaxmi
kumari