पहिलो पटक पाकिस्तानको सर्वोच्च अदालतमा महिला न्यायाधीश
एजेन्सी । पाकिस्तानको न्यायीक इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा महिला न्यायाधीसका लागि बाटो खुला भएको छ । त्यहाँको सर्वोच्च अदालतले पहिलो महिला न्यायाधीश आयशा मलिकको नियुक्तिको बाटो खुला गरेको हो ।
उच्चस्तरीय न्यायिक समितिले लाहौर उच्च अदालतकी न्यायधीश आयशा मलिकलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि स्वीकृति प्रदान गरेको हो ।
वास्तवमा, आफ्नो मिहिनेत, लगन र इमान्दारीको आडमा नै आयशा मलिक पाकिस्तानको सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश बन्न लागेकी हुन् ।
देशको न्यायिक आयोगले उनको नाममा मञ्जुरी दिएको हो । अब संसदीय समितिबाट मंजुरी मिलेपछि उनले यो दर्जा हासिल गर्नेछिन् । यो पाकिस्तानी महिलाको मामिलामा गर्वको कुरा हुने भएको छ ।






















