citizens life insurance long ad
stcnepal long ad

प्राइम कमर्सियल बैंकबाट २ अर्ब ५० करोडको ऋणपत्र निस्कासन गर्ने अनुमति माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले ‘प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासनको अनुमति माग्दै गत पुस २१ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। धितोपत्र बोर्डबाट अनुमति पाएमा यो बैंकले १ हजार अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ।

बैंकले कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तबरबाट र १० लाख इकाइ सर्वासाधारणलाई बिक्री गर्नेछ।

१० वर्षे यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउने छन्। यो ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहने भएको छ।

IME Life
kumari