citizens life insurance long ad
stcnepal long ad

सेयर बजारमा हरियाली,सात अर्ब १० करोड १८ लाख बढीको कारोवार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आज पुस २५ गते आइतबार सेयर बजारमा उछाल आएको छ। आज बजार ७३.०१ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २७६५.४७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १३.२१ अंकले उकालो लागेर ५१९.३७ को विन्दुमा पुगेको छ। कारोबार रकम बढेर ७ अर्ब रुपैयाँ बढीको भएको छ।

पुँजीबजार बढ्नु विभिन्न कारण रहेका छन्। कोभिडको नयाँ भेरिएन्टको त्रासले अन्य क्षेत्र प्रभावित हुने देखेर लगानीकर्ता पुनः पुँजीबजारमा आकर्षित हुनु बजार बढ्नु एउटा मुख्य कारण हुन सक्ने विश्लेषकहरूको ठहर छ।

यसअघि बजार धेरै घट्नु, विस्तारै तरलता सहज हुँदै जानु र बैंकहरुको औसत सीडी रेसियो पनि ९० प्रतिशत भन्दा तल आउनुले बजार सकारात्मक बनेको हुन सक्छ। बजारको आजको चाल हेर्दा अलटाइम हाई ब्रेक हुने सम्भावना प्रबल देखिएको छ।

नियामक निकाय र सरकारले सकारात्मक नै काम गरेको खण्डमा बजार अब बढ्ने नै देखिएको छ। नेप्से र धितोपत्र बोर्डको नेतृत्व नियुक्ति चाँडै हुने देखेर पनि लगानीकर्ताको विश्वास बजारप्रति बढ्दै गएको देखिन्छ।

सक्रिय लगानीकर्ता भन्छन ( कोभिडको प्रभाव बढ्दै जाँदा अन्य क्षेत्रका लगानीकर्ता सेयर बजारमा आकर्षित हुन थालेको हुन सक्ने देखिन्छ। पुस मसान्तको प्रभाव कम हुनु, बैंकिङ प्रणालीमा निक्षेप बढ्दै जानु र सरकारको विकास खर्च पनि बढ्दै जाँदा बजार सकारात्मक बनेको देखिन्छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज व्यापार समूह सर्वाधिक ६.०८ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ५.४९ प्रतिशतले बढेको छ।

आज बैंकिङ समूहमा १.९१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१६ प्रतिशत, जलविद्युत समूहमा ४.९६ प्रतिशत, वित्त समूहमा ५.१६ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९३ प्रतिशत, अन्य समूहमा ३.१३ प्रतिशत, लघुवित्त समूहमा १.३५ प्रतिशत, जीवन बीमा समूहमा १.९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३९ प्रतिशत र लगानी समूहमा ४.१४ प्रतिशतको बढोत्तरी आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु:

आज नेप्सेमा सूचीकृतमध्ये २३९ कम्पनीका १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँमा कारोबार भएका छन्।

आज अपी पावरको सर्वाधिक २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। प्रभु बैंक लि.को २० करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यसैगरि अप्पर तामाकोशीको २० करोड १५ लाख रुपैयाँ, शिवम सिमेन्टको १९ करोड ३९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १८ करोड ७५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १६ करोड ९९ लाख रुपैयाँ, एचआईडीसीएलको १५ करोड ६६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १५ करोड ६४ लाख रुपैयाँ, नबिल बैंकको १४ करोड १४ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १३ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू:

आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। आज नेपाल हाइड्रो र हिमालय ऊर्जाको सेयरभाउमा १० प्रतिशत तथा युनियन हाइड्रोपावर र मध्यभोटेकोशी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

आज न्यादी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, आईसीएफसी फाइनान्स, एचआईडीसीएल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

माउन्टेन हाइड्रोको सेयर भाउ ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। आज मिथिला लघुवित्तका सेयरधनीहरुले धेरै गुमाएका छन। यो लघुवित्तको सेयरभाउ १ प्रतिशत बढीले ओरालो लागेको छ। नरोत्तम सुबेदीबाट

IME Life
kumari