stcnepal long ad
ime life insurance
national life
global ime bank long

अमेरिकी संसद भवनमा भएको हमलामा पूर्व राष्ट्रपति ट्रम्प फस्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा भएको आक्रमणबारे जारी छानविनमा ह्वाइट हाउसका गोप्य कागजात उपलब्ध नगराउन गरेको आग्रहलाई राष्ट्रपति जो बाइडेनले अस्विकार गरेका छन् ।

गत जनवरी ६ तारिखमा अमेरिकाको संसद भवन क्यापिटल बील्डीङमा ट्रम्पका समर्थकहरुले आक्रमण गरेका थिए ।

उक्त दिन अमेरिकी संसदले राष्ट्रपति निर्वाचनको परीणाम अनुमोदन गर्ने कार्यसूची थियो । राष्ट्रपतिमा बाइडेनको जितलाई रोक्न ट्रम्पले उक्साएपछि उनका समर्थकहरु संसद भवनमा प्रवेश गरेका थिए ।

सोही घटनामाथि अहिले संसदिय समितिले छानविन गरिरहेको छ । उक्त समितिले सो दिन राष्ट्रपतिको रुपमा ट्रम्पले गरेका निर्णयहरुसहित ह्वाइट हाउसका सम्पूर्ण कागजात मागिरहेको छ । ट्रम्पले भने आफुले कार्यकारी प्रमुखको रुपमा गरेक निर्णयहरु गोप्य राख्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

तर बाइडेनले उहाँको मागमा सहमती नजनाएपछि अब ह्वाइट हाउसले सम्पूर्ण कागजात छानविन समितिलाई सम्पने भएको छ ।

जारी छानविनमा ट्रम्पका पूर्व कर्मचारीसहित केही विश्वाश पात्रहरुमाथि उजुरी दर्ता गरिसकिएको छ । छानबिनमा असहयोग गर्नेलाई सिधै जेल हालिने संसदीय समितिको धम्की छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari