stcnepal long ad
ime life insurance
national life
global ime bank long

चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल पैठारी हुन सकेन 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ – कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल पैठारी हुन सकेको छैन ।

हिउँदे बालीका लागि झिकाइएको ३५ हजार मेट्रिकटन युरिया र पाँच हजार मेट्रिकटन डीएपी सहित ४० हजार मेट्रिक टन रसायनिक मल पठाउन चिनीयाँ पक्षले तत्परता नदेखाएकाले रोकिएको मलका ठेकेदार सिल्क ट्रान्स्पोर्ट प्रा.लि.का अध्यक्ष रमेश शेर्पाले बताए ।

समयमा मल उपलब्ध हुन नसक्दा किसानले हैरानी व्यहोर्दैै आएकाले यसपाली समयमै मल झिकाउन लागिएको थियो । चीनबाट भिकाइएको मल चाँडै नै नेपाल पठाउन प्रधानमन्त्री समेतले चिनीयाँ दुतावासलाई आग्रह गर्दा पनि सहजीकरण नगरेपछि हैरानी खेप्नु परेको अध्यक्ष शेर्पाले आरोप लगाए ।

रसायनिक मललाई प्राथमिकता दिई व्यापारिक सामानलाई पनि चाँडै पठाउन चिनीयाँ पक्षलाई आग्रह गरिएको थियो । त्यसैगरी दैनिक २० गाडी मात्र पठाउन आग्रह गरे पनि दैनिक आठदेखि १२ गाडी मात्र पठाउने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए ।

सरकारले भारत र बङ्गलादेशबाट मात्र रसायनिक मल झिकाइँदै आएकोमा पहिलो पटक चीनबाट गत वर्षको फागुनमा साल्ट टेडिङ कर्पोरेसन मार्फत चार हजार मेट्रिकटन युरियामल झिकाएको थियो ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari