stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकाले यात्रा प्रतिबन्ध आगामी नोभेम्बरदेखि हटाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । आगामी नोभेम्बरदेखि अमेरिकाले कोरोना महामारीकाबीच लगाइएको यात्रा प्रतिबन्धलाई फुकुवा गर्ने योजना अघि सारेको छ ।

ह्वाइट हाउसका कोभिड– १९ संयोजक जेफ जियन्ट्सले नयाँ नियम घोषणा गर्दै कोरोना महामारी नियन्त्रणमा देश भन्दा व्यक्ति नै सतर्क रहनु पर्ने भन्दै यात्रा प्रतिबन्ध फुकुवा गर्न लागेको जानकारी दिएका छन् ।

अमेरिकाले बेलायत, युरोपियन युनिएन र अन्य केही राष्ट्रहरुमाथि गत बर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । कोरोना बिरुद्धको पुर्ण खोप लगाएको र कोरोना परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका यात्रुहरुलाई अमेरिका प्रवेश गर्न दिइने भएको छ ।

अमेरिकाले शुरुमा चिनियाँ यात्रुमाथि लगाएको प्रतिबन्ध बिस्तारै बेलायत हुँदै अन्य राष्ट्रहरुमा पनि लागु गरेको थियो । १८ बर्ष मुनिका खोप नलगाएकाहरुको हकमा भने केही निर्णय गरिएको छैन ।

prabhu mahalaxmi
kumari