नेपाल ल्यूव आयलको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल ल्यूव आयलको ३० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछिको भाउ नेप्सेले २४३ रुपैयाँ निर्धारण गरेको छ ।
यहि भाउलाई आधार मानेर मंगलबार यसको सेयर कारोबार खुल्नेछ । तथापि, नेप्सेले जारी गरेको सूचनामा भने १० प्रतिशत मा भाउ समायोजन गरिएको लेखिएको छ ।
कम्पनीले असोज १८ गते बस्ने वार्षिक साधारण सभाको लागि आज मंगलबार ५ गते बुक क्लोज गरेको छ । गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ ।
सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक नियुक्ती गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पनि पेश हुनेछ । सभा नेपाल ल्यूवको कार्यालय झम्सिखेल ललितपुरबाट जुम एपमार्फत भर्चुअल माध्यमबाट हुने भएको छ ।

























