Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

इदका लागि एक हप्ता बङ्गलादेशमा लकडाउन हटाइने

civilbank long ad

एजेन्सी । बङ्गलादेशमा इदका लागि एक हप्ता लकडाउन हटाइने भएको छ । इस्लाम धर्मावलम्बीहरूको इद उल अजहालाई लक्षित गरेर जुलाई १५ देखि २२ सम्म लकडाउन खुला गर्ने निर्णय भएको हो ।

इस्लाम धर्मावलम्बीहरूको चाड इद उल अजहा बङ्गलादेशमा यस वर्ष जुलाई २१ सम्म मनाइने भएको छ । लकडाउन खुला गरे पनि कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनुपर्ने बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले बताएका सिन्ह्वाले जनाएको छ ।

भीडभाड हुने ठाउँसहित पसलहरू, सपिङ मलमा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ६८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

यो अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हो । बङ्गलादेशमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १० लाख ३४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य सेवा महा–निर्देशनालयले जनाएको छ ।


३० असार २०७८, बुधवार ०६:५६ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad