Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आज सगरमाथा इन्स्यारेन्सको वार्षिक साधारण सभा

civilbank long ad

काठमाडौं । सगरमाथा इन्स्यारेन्सको आज असार ३० गते बुधबार  वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले ११% बोनस सेयर र कर तिर्न ०.५७८९% नगद लाभांश वितरण प्रस्ताव पेश गर्ने भएको छ ।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । सगरमाथा इन्स्यारेन्सले हाल कायम १ अर्ब १२ लाख २२ हजार ९०० रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार ४१९ रुपैयाँ पुग्नेछ ।

वार्षिक साधारण सभा सगरमाथाको प्रधान कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि असार १७ गतेबाट बुक क्लोज गरिएको छ ।

असार १६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


३० असार २०७८, बुधवार ०७:४४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad