citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अफगानिस्तानबाट सेना फिर्ता भए पनि सहयोग जारी राख्ने प्रतिबद्धता: बाइडेन

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

एजेन्सी । अफगानिस्तानबाट सेना फिर्ता भए पनि सहयोग जारी राख्ने प्रतिबद्धता अमेरिकी राष्ट्रपति जो बाइडेनले व्यक्त गर्नुभएको छ ।

अफगानिस्तानका शीर्ष नेताहरुसँग भएको छलफलमा राष्ट्रपति बाइडेनले दिगो साझेदारीका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको समाचारसंस्था एपीले जनाएको छ ।

अफगानिस्तानमा सक्रिय तालिबानीको हिंसात्मक कारबाही जारी रहेकै बेला अमेरिकी र नेटो फौज स्वदेश फर्कन लागेका छन् ।

अफगान राष्ट्रपति अश्रफ घानी र राष्ट्रिय मेलमिलापका लागि उच्च परिषदका अध्यक्ष अब्दुल्ला अब्दुल्लहले ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँग भेट गर्नुभएको हो ।

बाइडेनले सहयोगको प्रतिबद्धता व्यक्त गरे पनि अफगानिस्तान आफ्नो भविष्यको निर्णय आफैँ गर्नुपर्दछ भन्नुभएको एपीले जनाएको छ । अमेरिकाले आउँदो सेप्टेम्बर ११ भन्दा अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना स्वदेश फर्काइसक्ने तयारी गरेको छ ।

अमेरिकी रक्षा विभागका अनुसार सन् २००१ देखि जारी अफगान युद्धमा दुई हजार चार सय भन्दा धेरै अमेरिकी सैनिकको ज्यान गइसकेको छ ।

युद्धका क्रममा तीन हजार आठ सय भन्दा बढी अमेरिकी निजी सुरक्षागार्ड पनि मारिएका छन् । युद्धमा ६६ हजार भन्दा धेरै अफगानी सेनाको ज्यान गएको छ । अफगानिस्तानमा अहिले ६ सय ५० जना मात्र अमेरिकी सैनिक रहेका छन् ।

himalayan life insurance
igi long