stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

भियतनाममा पहिरोमा परी ११ सैनिकको मृत्यु, ११ बेपत्ता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । मध्य भियतनाममा विशाल पहिरोमा परी आइतबार ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले जनाएका छन् । वेपत्ताहरूको खोजी भइरहेको बताइएको छ ।

भारी वर्षाले यस क्षेत्रलाई एक हप्ता भन्दा बढी समयसम्म जलमग्न पारेको छ । भियतनामको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरोमा परी यो सातामा कम्तिमा ६४ व्यक्तिको मृत्यु भएको छ ।

कराङ ट्राइ प्रान्तमा रहेको एक सैन्य स्टेशनको ब्यारेकमा चट्टानको वर्षा भएको छ र २२ सैनिकहरूलाई पहिरोले पुरेको बताइएको छ । पहिरोमा परेका ११ सैनिकको मृत शरीर पहिरोबाट निकालिएको छ भने बाँकी अन्यको खोजी भइरहेको छ, एक सरकारी वेबसाइटमा उल्लेख गरिएको छ ।

“बिहान २ बजेदेखि त्यहाँ चारदेखि पाँच पहिरो गएका थिए भने घटनास्थलमा बम जस्तै विस्फोट भएको, पूरै पहाड भत्किरहेको जस्तो आवाजसहित र विशाल चट्टान खसेर सैनिकका व्यारेक पुरेको छ,” स्थानीय अधिकारी हा न्गोक डुयङगले सञ्चारकर्मीलाई बताउनुभयो ।

सेनाका जनरल स्टाफका चीफ लेफ्टिनेन्ट जनरल फान भान ग्यानले त्यस क्षेत्रमा अझ पहिरो जानसक्ने चेतावनी दिँदै उद्धारकर्मीहरूले त्यस ठाउँमा पहुँचका लागि सुरक्षित मार्ग खोज्नु पर्ने बताउनुभएको छ । कम्बोडिया र भियतनाममा पछिल्लो साता व्यापक वर्षा भएको बताइएको छ ।

prabhu mahalaxmi
kumari