stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  । दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैंमा आफ्नो थातथलो जान थालेपछि कोरोना सङ्क्रमण गाउँसम्म पुग्ने खतरा बढेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण थापाले पहिलाको तुलनामा यस वर्ष उपत्यकाबाट गाउँ फर्कने सङ्ख्या केही कम भए ठप्प भने नभएकाले उपत्यकाबाट गाउँ फर्कनेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो ।

“दशैं मनाउन गाउँ फर्कनेलाई नाकामै बसेर रोक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउनुको विकल्प छैन ।”
उहाँका अनुसार गाउँपालिकाले कोरोनाको सामना गर्न आठ शैंयाको आइसोलेसन कक्ष निर्माण गरेको छ । अप्ठ्यारो परेकालाई उक्त आइसोलेसन कक्षमा राख्न सकिए पनि सबैलाई त्यो सम्भव नभएको बताउनुभयो ।

दशैँ मनाउनका लागि उपत्यकाबाट आ–आफ्ना घर पुगेका स्थानीयलाई आइसोलेसनमा राखी व्यवस्थापन गर्ने कुरा स्थानीय सरकारका लागि चुनौतीपूर्ण बनेको छ ।

कतिपय स्थानीय तहले उपत्यकाबाट दशैं मनाउन गाउँघर जाने व्यक्तिले अनिवार्य दुई हप्ता घरमै एकान्तबासमा बस्नुपर्ने भनिए पनि दशैँको समयमा त्यो पूर्ण रूपमा सम्भव देखिएको छैन ।

त्यसो त स्थानीय तहले पर्याप्त मात्रामा संस्थागत आइसोलेसन बनाएका छैनन् । कपितय स्थानीय तहले जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)सँग मिलेर केही शैंया संस्थागत आइसोलेसन बनाए पनि दशैँको समयमा उपत्यका छोडी घर फर्कने सबैलाई सो पर्याप्त हुँदैन ।
नेपाल नगरपालिका सङ्घ गण्डकी प्रदेश संयोजक एवं गोरखाको पालुङ्गटार नगरपालिका प्रमुख दीपकबाबु कँडेलले आफू बसेकै ठाउँमा दशैँ मान्न गरिएको सरकारका आग्रह सबैले मान्नुुपर्ने बताउनुुभयो ।

उहाँका अनुसार उपत्यकाबाट गाउँ फर्कने स्थानीयले होम आइसोलेसनमा नै बसेर दशैं मान्नुपर्ने र घरबाट बाहिर ननिस्कनका लागि सबै वडा कार्यालयमार्फत स्थानीयलाई आग्रह गरिएको छ ।

लक्षणबिना पनि कोरोना सङ्क्रमित हुनसक्ने भएकाले यस वर्षको दशैं मान्ने क्रममा रमाइलोभन्दा स्वास्थ्य सचेतना अपनाएर मान्नुपर्ने उहाँको भनाइ छ ।

महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानबहादुर ओलीले काठमाडौँ महानगरपालिकाको तथ्याङ्कमा आउने अधिकांश कोरोना सङ्क्रमित काठमाडौंँभन्दा बाहिरको भएको बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन ।

prabhu mahalaxmi
kumari